संविधानलाई संस्थागत गर्न सवै गम्भीर हुनुपर्ने पौडेलको भनाई

असोज–३,फरक न्युज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई संस्थागत गर्दै यसको सफल कार्यान्वयनका लागि सवै गम्भीर हुनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले संविधानलाई अहिले केहि दलहरुले प्रयोगमा रुपमा मात्र बुझ्नु गलत भएको भन्दै यसलाई सफल कार्यान्वयन गराउन सवै गम्भीर हुुनुपर्ने बताउनुभएको हो । उहाले संविधानले मुलुकलाई बाटो देखाइ दिएको भन्दै संविधानमा रहेका प्रावधानलाई सहि तवरले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाले संविधानमा रहेका बिषयको गलत व्यख्या गर्दै गलत नारा दिएर भ्रम पार्दै राजनीति र खेती गर्ने काम बन्द हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा अन्य दलका…

आइतबार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

असोज–३,फरक न्युज । नेपालमा आइतबार थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ३ सय ४ पिसिआर परिक्षणका क्रममा ६ सय ५६ र २ हजार ७ सय ९ एन्टीजेन परिक्षणका क्रममा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १…

राष्ट्रिय शक्ति नेपालको क्षेत्रिय कार्यालय बुटवलमा स्थापना

असोज–३,फरक न्युज । राष्ट्रिय शक्ति नेपालको क्षेत्रिय कार्यालय बुटवलमा स्थापना भएको छ । राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अभियन्ता कृष्ण बहादुर लामाले आइतवार एक कार्यक्रममा बीच कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका लामाले राजा सहितको हिन्दु राष्ट्रको विकल्प नभएको तर्क गर्नुभयो । उहाँले राष्ट्रिय शक्ति नेपालको स्थापना चुनावमा लडेर मन्त्री,प्रधानमन्त्री बन्नका लागी नभई छरिएर रहेका राष्ट्रवादी,देशभक्ति,राष्ट्रप्रेमी,राजावादीहरु एक ढिक्का हुनु भएको बताउनुभयो । लामाले राजनीतिक दलका नेताहरु अवसरवादी,पदलिप्सा भएका कारण देश र नेपाली जनताले अनेकौं समस्या झेल्न परेको दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै लामाले एमसीसी राष्ट्रको…

संविधानले सबैको हक,अधिकार सुनिश्चित गरेको छ-मुख्यमन्त्री केसी

असोज–३,फरक न्युज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको रक्षा र कार्यान्वयनका लागी सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको संविधान दिवस–२०७८ कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपाली जनता र शहिदहरुको सपना पुरा गर्न बनेको संविधानको रक्षा र कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाली जनताको बलिदानीले ल्याएको लोकतन्त्रको रक्षाको निम्ति सम्पूर्ण राजनीतिक दलले स्वामित्व लिनुपर्ने बताउदै संविधानको रक्षा र कार्यान्वयनका लागी कोही पनि पन्छिन नहुने बताउनुभयो । मुख्यमन्त्री केसीले संविधानले सबैको हक,अधिकार सुनिश्चित गरेको दाबी गर्नुभयो…

असोज ४ गते पछि सरकार बिस्तार हुने प्रचण्डको दाबी

असोज–२,फरक न्युज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते पछि सरकार विस्तार हुने बताउनुभएको छ । शनिबार जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको बताउनुभयो । अध्यक्ष प्रचण्डले असोज ४ गते पछि सरकार विस्तार हुनेमा कुनै संका नभएको ठोकुवा समेत गर्नुभयो । त्यस्तै उहाँले गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलिय लोकतान्त्रिक गठबन्धन नटुट्ने दावी गर्नुभयो । गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएता पनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र आगामी चुनावसँग गठबन्धन रहिरहने बताउनुभयो…

शनिबार १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८ लाख ७२ हजार ८ सय

असोज–२,फरक न्युज । नेपालमा शनिबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ४० पिसिआर परिक्षणका क्रममा ८ सय ३५ जना र २ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७२ हजार ८ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै…

पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने सिंहको दावी

असोज–२,फरक न्युज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वको सरकारले जनभावना अनुसार नै काम गर्नुपर्ने बताउनु भएको छ । गणेशमान सिंहको स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण कांग्रेस नेतृत्वको सरकार बनेको भन्दै सरकारले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाले गठबन्धन दलहरुबीच कुरा नमिल्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको भन्दै छिट्टै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने दावी…

आजबाट इन्द्रजात्रा सुरु

असोज–२,फरक न्युज । काठमाडौंको वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको छ । शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हो । इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ ।  हरेक वर्ष भदौशुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ…

एकतावद्ध भएर अगाडी बढदा हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ- विश्वकर्मा

असोज २, फरक न्युज । एकतावद्ध भएर अघि बढ्दा हरेक कामहरु सफलता पुर्वक सम्पन्न  गर्न सकिने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । मधवलिया व्याडमिन्टन क्लबको दोश्रो साधारणसभा तथा कवर्ड हल उदघाटन कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । क्लवले खेल क्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै उहाले  खेलाडिहरुले राष्ट्र र समाजका लागि खेल्दै गर्दा त्यसले समाजमा एकताभावको विकास गर्ने धारणा राख्नु भएको थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले खेल सामुहिक रुपले खेलिने भएकाले यसबाट समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । खेलकुदबाट अनुशासन…

सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोज्यो-ज्ञवाली

असोज–१,फरक न्युज । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ । शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण सम्भाव्य विश्लेषण बिषयक बिचार गोष्ठीमा बोल्दै ज्ञवालीले सीमा लगायतका बिषय निकालेर सरकारले छिमेकी राष्ट्रसंग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको हो । ज्ञवालीले भारतसंगको सीमा विवादलाई छाडेर चीनसंगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गर्नुभयो । समस्या भएको स्थानमा चूप वस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसंग चिसोपना खडा गर्न खोजेको उहाले बताउनुभयो । ज्ञवालीले दार्चुलामा तुईन चुडाएर…