सुरक्षित नागरिक आवास कार्यक्रम सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्पन्न

पौष ८,फरक न्युज । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ का  ४ वटै पालिकाहरुमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यन्वयन गर्न  वैठक तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै संघिय सांसद छविलाल विश्वकर्माले असाहय, विपन्न र समस्यामा परेका नागरिकका लागि यो कार्यक्रम प्रभावकारी रहने बताउनु भयो । विगतको वर्षमा कोविड महामारीका कारण नागरिकको घर निर्माण गर्न नसकिएको उल्लेख गर्दै विश्वकर्माले यस पटक सवै तहले योजना कार्यान्वयन गर्न जोड दिनु पर्ने बताउनु भयो । नेकपा एमालेका  केन्द्रीय सचिव विश्वकर्माले लक्ष्यित समुदायलाई सेवा प्रवाह हुने गरि काम गर्न पालिका तहले विलम्ब…

देवदहमा शहिद दुर्गा तिवारीको पाँचौ स्मृति सभा सम्पन्न

पौष ४,फरक न्युज । पार्टी र जनताको काम गर्दै -गर्दा शहादात प्राप्त गर्नु भएका सहिदहरुको योगदान सदैव स्मरणमा रहने नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । रुपन्देहीको देवदहमा आयोजित शहिद दुर्गा तिवारीको पाचौं स्मृति सभालाई सम्बोधन गर्दै विश्वकर्माले जनताको मनमा बस्न सफल एक कुशल राजनीति कर्मिको बलिदानीपुर्ण योगदान सवैका लागि स्मरणीय रहने बताउनु भएको हो । पार्टी लुम्बिनी प्रदेशका ईन्चार्ज समेत रहनु भएका विश्वकर्माले जनताको दुखसुखमा, युवाहरुको उद्धमशिलतामा, असमानता , अभाव र गरीवीमा सवैको सारथिको रुपमा रहनु भएका स्व. तिवारीले बोकेको विचारलाई सवैले आत्मसात गरि अघि बढनु…

महिला सहभागिता बिना देशको विकास असम्भव छ- केन्द्रीय सदस्य न्यौपाने

कार्तिक–१५,फरक न्युज । गोविन्द घर्ती, महिलाहरुको सहभागिता विना देशको विकास असम्भव रहेको नेपाल कम्यूनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य दधीराम न्यौपानेले बताउनु भएको छ ।उहाले राजनैतिक, सामाजिक र आर्थिक क्रान्तिले मात्र देश समाजवाद तर्फ उन्मुख हुनेमा जोड दिनु भयो । पार्टीका रुपन्देही ईन्चार्ज न्यौपानेले विभिन्न चरणमा भएको राजनैतिक आन्दोलनका कारण महिलाहरुको अधिकार स्थापित भएको समेत दावी गर्नु भयो । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको नगर सम्मेलनमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । केन्द्रीय सदस्य  न्यौपानेले राज्यको हरेक निकायमा महिलाहरुको सहभागिता सुनिश्चित गर्न आन्दोलनको…

देवदह लायन्सको आयोजनामा पिस पोस्टर कन्टेन्स हुने

कार्तिक -१५, फरक न्युज । लायन्स क्लव अफ देवदहको नियमित बैठक सम्पन्न भएको छ । क्लवको अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षता र संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन विष्णु प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा भएको बैठकले लायन्स क्लव इन्टरनेशनलले हरेक वर्ष आयोजना गर्ने पिस पोस्टर कन्टेन्स लायन्स क्लव अफ देवदहले पनि यहि कार्तिक २६ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो । ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरुको  सहभागीता रहने उक्त कार्यक्रममा क्लवले देवदह नगर भित्र रहेका सम्पूर्ण विद्यालयहरुको बिचमा सो प्रतियोगिता आयोजना गर्ने र उक्त कार्यक्रममा उत्कृष्ट…

सर्वोच्च शिखर सगरमाथाको आरोहण देखि एमालेको वडा अध्यक्ष सम्म

कार्तिक १४, फरक न्युज। भारतीय सेनाबाट सुवेदार पदमा सेवा निवृत तिलविक्रम बुढाथोकीमगर नेकपा एमालेको दशौ महाधिवेशनको क्रममा भएको वडा अधिवेशनबाट देवदह नगरपालिका वडा न ७ को अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ । २८ बर्षे सैनिक जीवन व्यतित गरेर घर फर्कनु भएका बुढाथोकीमगर पार्टी कार्यकर्ताको वीचमा लोकप्रिय भएकै कारण सर्वसम्मत रुपमा अध्यक्षका रुपमा छानिनु भएको हो । विद्यार्थीकाल देखि नै कम्युनिष्ट राजनीतिबाट प्रभावित रहनु भएका बुढाथोकी सामाजको रुपान्तरण गर्न कम्युनिष्ट विचार मात्रै प्रभावशाली रहेको दावी गर्नु हुन्छ । उहाँ भन्नुहुन्छ – समानता, समृद्धि र सामाजिक न्याय सहितको परिवर्तन एमालेबाट…

पुर्वमन्त्री श्रेष्ठ र काठमाडौ महानगरका मेयर शाक्य देवदहमा

कार्तिक १३, फरक न्युज । देवदहमा निर्माण भई रहेको यशोधरा भिक्षुणी विहारको पुर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ र काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवलोकन गर्नु भएको छ । अन्तर्राष्ट्रिय भिक्षुणी संघले निर्माण गर्न लागेको विहारको अवलोकन गर्दै पुर्वमन्त्री श्रेष्ठले विहारको निर्माणबाट देवदहको विकास र प्रवर्द्धनमा  मद्धत पुग्ने बताउनु भयो । देवदह क्षेत्र नेपालको मात्रै नभएर विश्वकै लागि महत्त्वपूर्ण क्षेत्र भएकाले स्थानीयवासीले देवदहको विकासमा एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भयो । त्यसै गरि काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वुद्धको मावली गाउँमा निर्माण हुँदै गरेको विहारले वुद्ध शिक्षा र दर्शनको विकासमा…

नेकपा एमाले देवदह नगर कमिटीको सपथ ग्रहण सम्पन्न

कार्तिक १३, फरक न्युज । नेकपा एमाले देवदह नगर कमिटीको सपथ ग्रहण कार्यक्रम देवदहको खैरेनीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका रुपन्देही अध्यक्ष शिवराज सुवेदीले रुपन्देहीको पुर्वी क्षेत्र देवदहबाट सुर्यको उदय भएको बताउनु भएको छ । पार्टी नेतृत्व सर्वसम्मतबाट चयन हुनु आफैमा पार्टीको जित भएको उल्लेख गर्दै अध्यक्ष सुवेदीले नयाँ जोस र उर्जाका साथमा अघि बढन नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । पार्टीको विधान महाधिवेशनले तय गरेको नीतिका आधारमा देशै भरिका वडा तथा पालिकाहरुको अधिवेशन सम्पन्न भएको बताउँदै पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य…

नेकपा एमाले देवदहमा सर्वसम्मत रुपमा नेतृत्व चयन

कार्तिक १२, फरक न्युज ।                                                      नेकपा एमाले देवदह नगर कमिटीको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । कातिक ९ गते भएको अधिवेशनबाट अध्यक्षमा टिकाराम चापागाईं,उपाध्यक्ष हिरा थापा, सचिबमा विष्णु अर्याल, उपसचिवमा फुलमाया राना र अजय रौनियार सर्वसम्मत रुपमा चयन भएको निर्वाचन मण्डलका संयोजक ऋषिराम सापकोटाले बताउनु भएको छ । नगर कमिटीका सदस्यहरु यस अघि नै निर्विरोध रुपमा चयन भएका थिए।  सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरण…

देवदह नगरपालिकाका सवै वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन

कार्तिक -६, फरक न्युज । नेकपा एमालेले  देशै भरीका वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ । जस अन्तर्गत रुपन्देही जिल्लाको  देवदह नगर पालिकाका १२ मध्ये ११ वटा वडामा अधिवेशन सम्पन्न भएको नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिनु भएको छ । सोही क्रममा देवदह १० को अधिवेशनमा बोल्दै पार्टीका जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य दधिराम न्यौपानेले अबको दिनमा नेकपा एमाले शसक्त रुपमा अघि बढने बताउनु भयो । पार्टीका लागि वडा कमिटी आधारभुत तह भएकाले सवै कार्यकर्ताहरु जिम्मेवार भएर पार्टी काममा कृयाशिल भएर लाग्न आग्रह गर्नु भयो । …

नेकपा एमाले देवदह-८ को अध्यक्षमा दाताराम अर्याल

कार्तिक -६, फरक न्युज । नेकपा एमाले देवदह-८ को वडा अधिवेशन  सम्पन्न भएको छ । अधिवेशनले दाताराम अर्याल अध्यक्ष रहेको ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष हरि प्रसाद पौडेल, सचिव कालिका अर्याल, उपसचिवमा तिलक खत्री र दिलबहदुर थापा रहेको निर्वाचन कार्यदलका सदस्य अर्जुन खनालले जानकारी दिनु भयो । वडा कमिटी अध्यक्ष दाताराम अर्यालको अध्यक्षता र हरि पौडेलको संचालनमा भएको अधिवेशनमा जिल्ला सदस्य यम राना, क्षेत्रीय कमिटी सदस्य डण्डपानी भट्टराई , जिल्ला विभाग सदस्य खेम प्रसाद पाण्डे, प्रचार विभाग सदस्य त्रीलोचन दहाल, नगर कमिटी सदस्य खरसिह श्रीस,…