काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ सम्म लम्वियो  

वैशाख–२१,फरक न्युज । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्विने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकाय प्रमुखहरुसंगको छलफलले थप एक साता निषेधाज्ञा  गर्ने निर्णय गरेको हो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा बैशाख २२ गते राति १२ बजे सकिँदैछ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताउनुभयो । उहाले बैंशाख २३ गतेदेखि पसल बिहान ९ बजेसम्म…

दुई जना कोरोना संक्रमितको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु

वैशाख–१८,फरक न्युज । रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा शनिवार कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे र वैशाख १३ गते कोरोना पोजेटिभ पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ५ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताउनुभयो । Facebook0Twitter0X

निषेधाज्ञाका कारण यात्रुहरुलाई सास्ती

वैशाख–१८,फरक न्युज । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले बिहीबारदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाका क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले भने सास्ती व्यहोर्नुपरेको छ । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गन्तव्यमा जाने र फर्कने यात्रुहरुले सहज रुपमा यातायातका साधन नपाउदा सास्ती व्यहोर्नु परेको गुनासो गरेका हुन् । काठमाडौंस्थित आन्तरिक उडानबाट आउजाउ गर्ने यात्रुका लागि नागरिक उड्डयन प्राधिकरणले साझा बस सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको छ । त्यस्तै बिमानस्थलमा यात्रु ओसार–पसार गर्ने जिम्मा प्रि–पेड ट्याक्सीलाई दिइएको छ तर यात्रुहरुले भने सहज रुपमा यातायातका साधान पाउन…

पूर्वी चितवनमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

चैत–३०,फरक न्युज । पूर्वी चितवनमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना अन्दाजी २४/२५ वर्षीय पुरूषको पहिचान खुल्न बाँकी रहेको…

थप ३०३ जनामा कोरोना पुष्टि

चैत–२९,फरक न्युज । नेपालमा आइतबार थप ३०३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप १४१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टीनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार…

थप २८८ जनामा कोरोना पुष्टि

चैत–२७,फरक न्युज । नेपालमा शुक्रबार थप २८८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको चार हजार ७१ पिसिआर परिक्षणका क्रममा थप २८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै थप १२७ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७३ हजार ७३५ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ, नेपालमा तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमााएका छन् । हाल २६…

बुधबार थप २९८ जनामा कोरोना पुष्टि,नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ७६८ पुग्यो

चैत–२५,फरक न्युज । नेपालमा बुधबार थप २९८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् । नेपालमा थप ७४ संक्रमित निको हुदा हालसम्म दुई लाख ७३ हजार ५२९ संक्रमित निको भएका छन् । हाल नेपालमा २२ सय १ जना आइशालेशन र ६५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ९८ हजार १६७…

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार देशैभरि मतदान

चैत–२५,फरक न्युज । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार देशैभरि मतदान भएको छ । महासंघको केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बुधबार मतदान भएको हो । मतदानका लागि देशभरका १३ हजार १ सय ८० पत्रकारहरुको नामावली प्रकाशन गरिएको हो । पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी हुनुहुन्छ । आगामी तीन वर्षे कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा केन्द्रका नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर, एमाले निकट प्रेस…

थप १७६ जनामा कोरोना पुष्टि

चैत–२२,फरक न्युज । नेपालमा आइतबार थप १७६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । त्यस्तै थप ११७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७३ हजार २४० जनाले कोरोना संक्रमण जितेका छन् । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल १६ सय ७२ जना आइशालेशन र ५७ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ८५…

थप १२८ जनामा कोरोना पुष्टि,कोरोनाका कारण १ जनाको मृत्यु

चैत–२१,फरक न्युज । नेपालमा शनिबार थप १२८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १६१ जना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७३ हजार १२३ जनाले कोरोना संक्रमणलाई जितेका छन् । नेपालमा हाल १६१३ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ८१ हजार ८३२ वटा पिसिआर गरिएको…