असोज ४ गते पछि सरकार बिस्तार हुने प्रचण्डको दाबी

असोज–२,फरक न्युज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते पछि सरकार विस्तार हुने बताउनुभएको छ । शनिबार जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको बताउनुभयो । अध्यक्ष प्रचण्डले असोज ४ गते पछि सरकार विस्तार हुनेमा कुनै संका नभएको ठोकुवा समेत गर्नुभयो । त्यस्तै उहाँले गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलिय लोकतान्त्रिक गठबन्धन नटुट्ने दावी गर्नुभयो । गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएता पनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र आगामी चुनावसँग गठबन्धन रहिरहने बताउनुभयो…

तनहुँमा ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु, एक जना घाइते

असोज–१,फरक न्युज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा ट्रक दुर्घटना हुँदा ट्रक चालकको ज्यान गएको हो । त्यस्तै सोही दुर्घटनामा परी ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Facebook0Twitter0X

चीनबाट एमबिबिएस उतिर्ण गरेकाहरुले इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै बिरोध प्रदर्शन

भदौ–३१,फरक न्युज । चीनबाट एमबिबिएस उतिर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफुहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केहि दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक पटक पाएपनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाई छ । कोरोनाका कारण चीनमा इन्टर्नसीप गर्न जान नपाएको भन्दै नेपालमा नै इन्टर्नसीप गर्न पाउनु पर्ने उनीहरुको माग छ । मेडिकल काउन्सिलको इन्टर्नसीप नियममा विद्यार्थीले आफू…

मंगलबार १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि,१९ जनाको मृत्यु

भदौ–२९,फरक न्युज । नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २ सय ६६ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८० र ४ हजार १ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ९ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ८४ जनाले कोरोनाका…

गैंडाकोटमा मंगलवार बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु,२४ जना घाइते

भदौ–२९,फरक न्युज । गैंडाकोटमा मंगलवार बिहान बस र ट्रक एक आपसमा ठोक्किंदा ३ जनाको मृत्यु छ । गैंडाकोट नगरपालिका वडा नं-१० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो । त्यस्तै सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं.८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण…

बाँकेमा बाघले एक जनाको ज्यान लियो

भदौ–२८,फरक न्युज । बाँकेमा बाघले एक जनाको ज्यान लिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई आक्रमण गरी ज्यान लिएको हो । स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका भारतीय मूलका ती व्यक्ति आइतवार साँझदेखी हराएका थिए। उनको सोमवार बिहान साढे ७ बजे निकुञ्जभित्र एउटा खुट्टामात्र भेटिएको निकुज्जका वार्डेन निकुञ्जका वार्डेन श्यामकुमार साहले जानकारी दिनुभयो । Facebook0Twitter0X

शुक्रबार १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि,२१ जनाको मृत्यु

भदौ–२५,फरक न्युज । नेपालमा शुक्रबार थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभगर गरिएको ८ हजार ५ सय ४९ पिसिआर परिक्षणका क्रममा ९ सय ६१ र २ हजार ३ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १ सय ८५ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६१ हजार ९ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय २४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै…

तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भदौ–२३,फरक न्युज । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधवार राती तिलोत्तमाको शंकरनगरस्थित भित्री सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुदाँ एक जनाको ज्यान गएको हो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका २ का १८ वर्षीय प्रबेश खरेलको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते खरेलको उपचारका क्रममा मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । Facebook0Twitter0X

एमसिसीको नाममा सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको छ -प्रचण्ड

भदौ–२३,फरक न्युज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताउनुभएको हो । उहाले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाले गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताउनुभयो । प्रचण्डले आफुहरु गठबन्धनलाई बलियो बनाउन चाहेपनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप…

मंगलबार १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि,२१ जनाको मृत्यु

भदौ–२२,फरक न्युज । नेपालमा मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार १ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय २३ र ३ हजार ९ सय २३ एन्टीजेन परिक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५७ हजार ८ सय ९५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थाप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ८ सय ७९ जनाले कोरोनाका कारण…