सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई छैन–प्रधानमन्त्री केपी शर्मा ओली

चैत–३०,फरक न्युज । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई बन्धक बनाएको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सद अधिवेशनको पहलो दिन अध्यादेश पेश गर्न नदिएको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सभामुखले निर्णायार्थ पेश नगरेको आरोप पनि लगाउदै सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई नरहेको बताउनुभयो । संविधान, कानुनको मतलब नराखी बलजफति गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस मुखमा ‍पानी हालेर किन चुपचाप बसिरहेको भन्दै प्रश्न पनि गर्नुभयो । उहाले…

संघियता मुलुकलाई बोझ भयो खारेज गरौं-चित्र बहादुर केसी

चैत–२७,फरक न्युज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको छ । विघटित प्रतिनिधि सभा पुनःस्थापना भए पछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरी देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको हो । बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले टुट फुट भएका कम्युनिष्टहरु फेरी मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले केपी ओलीले राजीनामा दिनुपर्ने बताउनुभयो । केसीले सरकार जनताको आधारभूत समस्याहरु समाधान गर्नुको साटो…

सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो संकेत होइन-पुष्पकमल दाहाल ‘प्रचण्ड’

चैत–२०,फरक न्युज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिडिरहेको आरोप लगाउनुभएको छ । प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटो फाँसीवादी बाटो भएको बताउनुभएको हो । उहाले मुल्य मान्यताले वनाएका नियमहरुलाई उल्लघन गर्दै समाजलाई निरङकुशता तर्फ प्रधानमन्त्री ओलीले धकेल्न खोजेको बताउनुभयो । उहाले फाँसीवादी बाटोको उदाहरण संसद विघटन भएको तर्क गर्नुभयो । संवैधानिक निकाय र सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो संकेत नभएको उल्लेख गर्दै गलत प्रवित्तिको अन्त्य गर्न एकजुट भएर आन्दोलनमा जानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष…

केही दिन भित्रै बोल्ड निर्णय गर्छौ-नेकपा माओवादी केन्द्र

चैत–१९,फरक न्युज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठकले केही दिन भित्रै बोल्ड निर्णय गर्ने जनाएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केही दिन भित्र माओवादी केन्द्रले बोल्ड निर्णय गर्ने जनाएको हो । बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस र जसपाले केही दिनमा निर्णय गर्ने र त्यसैका आधारमा भावी रणनीति बनाउने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाले परिस्थितिले अझै ठोस आकार नलिएको हुनाले अझै एकदुई दिन कुर्दै स्थायी कमिटीको बैठकले बोल्ड निर्णय गर्ने जानकारी दिनुभयो । उहाले नेकपा माओवादी केन्द्रको सांगठनिक संरचना बलियो बनाउन देशभर…

ओलीको निरंकुश प्रवृतिले गर्दा नेपाली राजनीतिमा दिउँसै रात प¥यो-प्रचण्ड

चैत–१४,फरक न्युज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले अब राजनीति जतासुकै गए पनि आफ्नो राजनीति र नैतिकतालाई बचाउन समर्थन फिर्ता लिनुपर्ने बेला आएको बताउनुभएको हो । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले हत्त न पत्त समर्थन नलिन दबाब दिएको भन्दै उहाले अब धेरै दिन कुर्न नसक्ने पनि बताउनुभयो । प्रचण्डले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच…

कार्यकर्ताहरुको एकतावद्ध प्रयासबाट पार्टीलाई मजवुत बनाउन सकिने

चैत १४,फरक न्युजनेकपा एमाले देवदह १ शाखा कमिटीको आयोजनामा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै पार्टीका जिल्ला सदस्य प्रकास अर्यालले कार्यकर्ताहरुको एकतावद्ध प्रयासबाट पार्टीलाई मजवुत बनाउन सकिने बताउनु भयो । पार्टीमै वसेर पार्टीको विरुद्धमा गतिविधि गर्नेहरुलाई पहिचान गरी त्यस्तो प्रवृतिको अन्त्य गर्न सवैले दवाव दिनु पर्ने बताउँदै उहाँले अवका दिनमा पार्टी हित विपरित काम गर्नेहरु आफै पाखा लाग्ने ठोकुवा गर्नु भयो । जनताको बीचमा जान,जनताको सुखदुखमा साथ दिनएर पार्टी सँगठनलाई मजवुत बनाउनु पर्नेमा जोड दिदै अर्यालले ओली सरकारले गरेका राम्रा कामहरुले जनताको मन जित्दै गएको बताउनु भयो…

मस्तिष्कघातका कारण कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

चैत–१४,फरक न्युज । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको निधन भएको हो । शनिबार बिहान जोशिको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट शव यात्रासहित यट्खा स्थित निवासमा श्रद्धाञ्जलीको निम्ति राखिएको थियो । निवासमा जोशीलाई आफन्तजन, शुभचिन्तक, नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै जोशीप्रति कांग्रेस केन्द्रीय कार्यालय,सानेपा पु¥याएर श्रद्धाञ्जली दिइएको छ । मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको हो । जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो। जोशीको उपचारमा अस्पतालका डाक्टर राजिब झा नेतृत्वको…

ओली सरकारसगँ सत्ता साझेदारी हुदैन-उपेन्द्र यादव

चैत–१३,फरक न्युज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारसगँ सत्ता साझेदारी गरेर सगैँ सती जान नसकिने बताउनुभएको छ । ओली सरकार अहिले पनि संसद असफल पार्ने खेलमा नै लागिरहेको आरोप लगाउदै यादवले संविधान बिरोधी,लोकतन्त्र र संघीयता बिरोधी ओली सरकारसगँ सत्ता साझेदारी गरेर सगैँ सती जान नसकिने बताउनुभएको हो । शुक्रवार प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादबले मुलुकमा अहिले देखिएको सम्पूर्ण घटनाक्रमको जिम्मेवार ओली सरकार रहेको जानकारी दिदैं सरकार पूर्ण रुपमा असफल भैसकेको बताउनुभयो । यादवले प्रधानमन्त्रीको वा सरकारको ध्यान मुलुकको आर्थिक सम्वृद्धि,राष्ट्रिय समस्याको समाधान…

नेपाली कांग्रेसले क्रियाशिल सदस्यता बितरण र नविकरणको कामलाई तीव्रता दिने

चैत–९,फरक न्युज । नेपाली कांग्रेसले महाधिवेशन केन्द्रीय क्रियाशिल सदस्यता बितरण र नविकरण सुस्त भएको भन्दै यसलाई द्रुत गतिमा अघि बढाउने भएको छ । पार्टी कार्यालय सानेपमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडादेखि केन्द्रसम्म पार्टीलाई बलियो बनाउन क्रियाशिल सदस्यको भूमिका हुने भएकाले क्रियाशिल सदस्यता बितरण र नविकरणलाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो । बैठकमा केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सोमबारसम्मको रिपोर्ट प्रस्तुत गरेको थियो, जसअनुसार हालसम्म २ लाख १२ हजार ५१९ नविकरण र १ लाख ८० हजार २७५ नयाँ क्रियाशिल सदस्यता बितरण गरिएको जानकारी गराइएको नेता रमेश लेखकले…

ओलीसँग छुट्टिने पक्षमा छैनौ–नेता नेपाल

चैत–७,फरक न्युज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको प्रष्ट पार्नुभएको छ ।शनिबार काठमाडौंको सभागृहमा आफू पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीसगँको आफ्नो मायाप्रेम ४८–४९ वर्ष लामो रहेको टिप्पणी गर्दै ओलीसँग छुट्टिने पक्षमा नरहेको प्रष्ट पार्नुभएकोे हो । नेता नेपालले केपी ओलीले पार्टीमा बैठकको सामना गर्नै नचाहेकाले समस्या पैदा भएको जानकारी दिनुभयो । त्यस्तै नेता नेपालले पार्टीको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो देखि केन्द्रीय कमिटीसम्म आफूहरुको बहुमत रहेको दावी गर्नुभयो । आफू अल्पमतमा पर्ने…