रिभर साईडलाई भलिवलको उपाधी

प्रविण गाहा गुल्मी, ९ कात्तिक ।  प्रथम जुभूङ्ग खेलकुद महोत्सव अन्र्तगतको पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीले हात पारेको छ । साविक खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको फाईनलमा न्यु हिमशिखर युवा क्लव बलिथुम लुम्पेकलाई हराउदै रिभर साईडले उपाधी संगै नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता न्यु हिमशिखरले नगद १५ हजार रुपैयामा चित्त बुझाएको छ । दुई सेट लगातार जितेको रिभर साईडलाई उपाधी हात पार्न थप दुई सेट कुर्नु प¥यो । फाईनल भिडन्त अत्यन्तै रोचक बनेको थियो । स्थानिय क्लव समेत रहेको रिभर साईडले…

एनभिए राष्ट्रिय भलिबल च्याम्पियन सिपको पुरुषतर्फ हेल्प नेपालको विजयी शुरुवात

असोज–११,फरक न्युज । राजधानीमा जारी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले विजयी शुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहल त्रिपुरेश्वरमा सोमबार भएको पहिलो खेलमा हेल्प नेपालले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१६ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट २५–१२ ले जितेको थियो । त्यस्तै सोमबार नै भएको अर्को खेलमा पूर्वको दावाँली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले जारी प्रतियोगितामा २…

एकतावद्ध भएर अगाडी बढदा हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ- विश्वकर्मा

असोज २, फरक न्युज । एकतावद्ध भएर अघि बढ्दा हरेक कामहरु सफलता पुर्वक सम्पन्न  गर्न सकिने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । मधवलिया व्याडमिन्टन क्लबको दोश्रो साधारणसभा तथा कवर्ड हल उदघाटन कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । क्लवले खेल क्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै उहाले  खेलाडिहरुले राष्ट्र र समाजका लागि खेल्दै गर्दा त्यसले समाजमा एकताभावको विकास गर्ने धारणा राख्नु भएको थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले खेल सामुहिक रुपले खेलिने भएकाले यसबाट समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । खेलकुदबाट अनुशासन…

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

भदौ–३०,फरक न्युज । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको छ । राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम हुने टिमले ४ लाख, दोस्रो हुने टिमले २ लाख र तेस्रो हुने टिमले १ लाख पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट पुुरुष/महिला खेलाडीले जनही २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन्…

नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजना हुने

भदौ–२२,फरक न्युज । नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजना हुने भएको छ । नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको घोषणा गरेको छ । लिगको लागि इभेन्ट्स कम्पनीले नेपाल भलिबल संघसँग १० वर्षको सम्झौता समेत गरेको छ । सम्झौता पत्रमा संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिताका लागि संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले व्यहोर्नेछ । पहिलो संस्करणको प्रतियोगिता नोभेम्बर १७ देखि…

ईपीएलको विजेताले पाउने ट्रफी सार्वजनिक

साउन–२५,फरक न्युज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने इपीएलको सोमबार ट्रफी सार्वजनिक गरिएको हो । आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकको भनाई छ । ट्रफीका लागि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यस पटक काठमाडौं किंग्स ११ ले पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ । कोरोनाको महामारीमा पनि खेलकुदलाई उचाइमा पु¥याउन आफुहरु इपीएलसंग जोडिएको व्यवसायी शेखर गोल्छाले बताउनुभयो । उहाले यो…

एन्फाका प्रवक्ता किरण राईले दिए राजीनामा

साउन–१८,फरक न्युज, संवाददाता । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । राईले सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजिनामा बुझाउनुभएको हो । राजिनामा दिएपछि पत्रकार सम्मेलन गर्दै राईले फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आग्रह गर्नुभयो । अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै राईले अहिले एकले अर्कालाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गर्नुभयो । उहाले कुनै व्यक्ति बिशेषका कारण नभई फुटबलको बिकासका लागि वातावरण बनाउनका लागि राजिनामा दिएको पनि बताउनुभयो । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा…

कंराते प्रतियोगितामा योगदान गर्नेलाई सम्मान

असार २८,फरक न्युज । जापान गोजुरियो कंरातें डो मिसन संघ नेपालले आज ४ जनालाई सम्मान गरेको छ । काठमाडौं मा भएको छैठौं अन्तराष्ट्यि जुनियर कंराते प्रतियोगितामा योगदान गर्ने केवी राना काजी,शतिश चौधरी,भरत बहादुर केसी र प्रद्युन्नमान श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । संघिय इकाई प्रहरी कार्यालय भैरहवा का प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुशील कुमार यादवले प्रमाण पत्र र मेडलले सम्मान गर्नुभएको थियो । संघका केन्द्रिय अध्यक्ष केवी राना काजी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरिक्षक सुशील कुमार यादव ,संघका केन्द्रिय उपाध्यक्ष शतिस कुमार चौधरी,केन्द्रिय…

नेपालमा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पूरा

चैत–५,फरक न्युज । नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाठौंमा पत्रकार सम्मेलन गर्दै त्रिदेशीय फुटबलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । एन्फाका प्रवक्ता किरण राईले चैत्र १० गतेदेखि १६ गतेस्म्म हुने प्रतियोगिताको तयारी लगभग सकिएको जानकारी दिनुभयो । प्रवक्ता राईले प्रतियोगिताको अनुमानित खर्च १ करोड लाग्ने र जसमा १ करोड ५० लाख आम्दानी गर्ने र…

मिडिया कप भलिबल प्रतियोगिता बिहिवारबाट सुरु

फागुन–६,फरक न्युज । लुम्बिनी टेलिभिजन बुटवलले आयोजना गरेको एक्स्पर्ट मिडिया कप भलिबल प्रतियोगिता बिहिवारबाट सुरु भएको छ ।रुपन्देहीमा संचालित मिडिया हाउसहरुका बिचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले मिडिया कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । लुम्बिनी टेलिभिजनका महासचिव दिनेश पाण्डेले मिडिया हाउस र पत्रकारहरुमा खेलकुदको माध्यमबाट उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।कार्यक्रमको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातारण मन्त्री लिला गिरीले खेल क्षेत्रको विकासका लागी राज्यले खेल मैदान,खेलाडी उत्पादनमा ध्यान दिने बताउनुभयो । गिरीले खेल क्षेत्र र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार सधै साथमा रहने बताउनुभयो ।…