अवैध ढङ्गले ल्याइएका मोबाइल फोन बन्द हुने

असार–३०,फरक न्युज । सरकारले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ । मोबाइल आयातलाई नियमन गर्न दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस सञ्चालनमा ल्याउन लागेको हो । यो सिस्टम लागु भएपछि भन्सार नतिरी अवैध ढङ्गले ल्याइएका मोबाइल फोन बन्द हुने,चोरी,पैठारीको काम ठप्प हुने छ । नेपालमा हरेक वर्ष करिब ४० अर्ब रुपैयाँ हाराहारीको मोबाइल आयात हुने गरेको छ । ‘एमडीएमएस लागू हुने बित्तिकै मोबाइलको अवैध आयात पूर्णरुपमा नै बन्द हुनेछ भने त्यस्ता व्यक्तिहरू पनि करको दायरामा आउने मोबाइल आयातकर्ता संघ नेपालले जनाएको छ । यो…