थप ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि,५८ जनाको मृत्यु

वैशाख–२२,फरक न्युज । नेपालमा बुधबार थप ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २० हजार ७५६ पिसिआर परिक्षणका क्रममा ८ हजार ६ सय ५ र ६१६ एन्टीजेन परिक्षणका क्रममा ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५८ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार चार सय ७५ जनाको मृत्यु भएको छ ।…

बुधवार बुटवलमा चार जना कोरोना संक्रमितको मृत्यु

वैशाख–२२,फरक न्युज । बुधवार बुटवलमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणको पृष्टि भएपछि उपचारका लागी ल्याइएका बिमारीको कोरोना बिशेष अस्पतालमा वेड अभावका कारण मृत्यु भएको हो । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा उपचाररत ३ जना महिला र एक पुरुष संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै कञ्चन गाउँपालिका–४ का २७ वर्षीया महिला,बुटवल–९ का ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेको अस्पतालका…

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ सम्म लम्वियो  

वैशाख–२१,फरक न्युज । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्विने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकाय प्रमुखहरुसंगको छलफलले थप एक साता निषेधाज्ञा  गर्ने निर्णय गरेको हो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा बैशाख २२ गते राति १२ बजे सकिँदैछ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताउनुभयो । उहाले बैंशाख २३ गतेदेखि पसल बिहान ९ बजेसम्म…

दुई जना कोरोना संक्रमितको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु

वैशाख–१८,फरक न्युज । रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा शनिवार कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे र वैशाख १३ गते कोरोना पोजेटिभ पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ५ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताउनुभयो । Facebook0Twitter0X

निषेधाज्ञाका कारण यात्रुहरुलाई सास्ती

वैशाख–१८,फरक न्युज । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले बिहीबारदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाका क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले भने सास्ती व्यहोर्नुपरेको छ । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गन्तव्यमा जाने र फर्कने यात्रुहरुले सहज रुपमा यातायातका साधन नपाउदा सास्ती व्यहोर्नु परेको गुनासो गरेका हुन् । काठमाडौंस्थित आन्तरिक उडानबाट आउजाउ गर्ने यात्रुका लागि नागरिक उड्डयन प्राधिकरणले साझा बस सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको छ । त्यस्तै बिमानस्थलमा यात्रु ओसार–पसार गर्ने जिम्मा प्रि–पेड ट्याक्सीलाई दिइएको छ तर यात्रुहरुले भने सहज रुपमा यातायातका साधान पाउन…

सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई छैन–प्रधानमन्त्री केपी शर्मा ओली

चैत–३०,फरक न्युज । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई बन्धक बनाएको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सद अधिवेशनको पहलो दिन अध्यादेश पेश गर्न नदिएको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सभामुखले निर्णायार्थ पेश नगरेको आरोप पनि लगाउदै सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई नरहेको बताउनुभयो । संविधान, कानुनको मतलब नराखी बलजफति गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस मुखमा ‍पानी हालेर किन चुपचाप बसिरहेको भन्दै प्रश्न पनि गर्नुभयो । उहाले…

सोमबार थप ५५९ जनामा कोरोना पुष्टि

चैत–३०,फरक न्युज । नेपालमा सोमबार थप ५५९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४३ सय ७८ पिसिआर परिक्षणका क्रममा ४९६ जना र ७२७ एन्टीजेन परिक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १३८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका…

पूर्वी चितवनमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

चैत–३०,फरक न्युज । पूर्वी चितवनमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना अन्दाजी २४/२५ वर्षीय पुरूषको पहिचान खुल्न बाँकी रहेको…

थप ३०३ जनामा कोरोना पुष्टि

चैत–२९,फरक न्युज । नेपालमा आइतबार थप ३०३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप १४१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टीनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार…

थप ३३७ जनामा कोरोना पुष्टि

चैत–२८,फरक न्युज । नेपालमा शनिबार थप ३३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ३२ पिसिआर परिक्षणका क्रममा थप ३३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण तीन हजार ३९ जनाको ज्यान गएको छ । नेपालमा थप १५१ जना निको हुँदा हालसम्म दुई लाख ७३ हजार ८८६ जनाले कोरोना जितेका छन् । हाल नेपालमा २८…