गैंडाकोटमा मंगलवार बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु,२४ जना घाइते

भदौ–२९,फरक न्युज ।
गैंडाकोटमा मंगलवार बिहान बस र ट्रक एक आपसमा ठोक्किंदा ३ जनाको मृत्यु छ । गैंडाकोट नगरपालिका वडा नं-१० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो । त्यस्तै सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं.८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।

सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Related posts