स्वास्थ्य मापदण्ड पालना गरी आजैदेखी दशैका लागी नयाँ नोट साट्न सकिने

असोज–४,फरक न्युज ।
नेपालीको महान पर्व दशैको आफ्नै महत्व छ । दशैलाई हरेक नेपालीले विशेष पर्वका रुपमा मनाउदै आएका छन् । दशै नजिकै गर्दा दशै मनाउनकै लागी विदेशमा भएका नेपालीहरु घर फर्किने क्रम पनि बढ्दो छ । दशैकै लागी भनेर नयाँ कपडा किन्नेहरुको जमात पनि बाक्लै छ ।

दशैं अर्थात विजया दशमी जसलाई आयुध–पूजा पनि भन्ने प्रचलन छ। दशै नेपाल,भारत लगायत विश्वका हिन्दु समुदायहरुले विशेष महत्वका साथ मनाउने गर्दछन् ।

पौराणिक मान्यताअनुसार महिषासुर भन्ने राक्षसको बध गरि श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा यस पर्वलाई मनाउने गरिन्छ।

घटस्थापनाको दिनदेखी शुरु हुने नवरात्र घटस्थापनाको अन्तिम दिन अर्थात विजयादशमीको दिन आफ्ना मान्यजनहरुवाट टीका-प्रसाद र आशिर्वाद ग्रहण गर्दै पुर्णिमा सम्म मनाउने प्रचलन रहिआएको छ। दशैका लागी भनेर नयाँ नोट साट्ने प्रचलन अनुसार बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउदैछ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा भनिएको छ । त्यस्तै कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सुचनामा नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न समेत अनुरोध गरिएको छ।

 

Related posts