सियारी गाउँपालिका वडा-६ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

समिर थापा

असोज–६,फरक न्युज ।

रुपन्देहीको सियारी गाउँपालिका वडा-६ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा स्तरीय टोल सुधार समितिले सियारी गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न गरेको हो । असोज को २ गते देखी ६  गतेसम्म भएको तालिममा २२ जना महिला र ३ जना पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारुले समाज रुपान्तरणका लागी यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले समाजमा देखिएका बिकृति र विसंगतिका विरुद्धमा लड्न नेतृत्व विकास तालिमको आवश्यक रहेको जिकिर गर्नुभयो ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ्गले तालिममा सहभागीहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

सियारी गाउँपालिका वडा नं.६ का टोल सुधार समितिका अध्यक्ष बुद्धिमाया क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कमला सापकोटाले स्वागत मन्तव्य,शंकर प्रसाद पाण्डेले सहजीकरण र सरस्वती भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

Related posts