बुधवार बुटवलमा चार जना कोरोना संक्रमितको मृत्यु

वैशाख–२२,फरक न्युज । बुधवार बुटवलमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणको पृष्टि भएपछि उपचारका लागी ल्याइएका बिमारीको कोरोना बिशेष अस्पतालमा वेड अभावका कारण मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालमा बेड नपाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा उपचाररत ३ जना महिला र एक पुरुष संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै कञ्चन गाउँपालिका–४ का २७ वर्षीया महिला,बुटवल–९ का ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनु भयो ।

Related posts