सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई छैन–प्रधानमन्त्री केपी शर्मा ओली

चैत–३०,फरक न्युज । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई बन्धक बनाएको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सद अधिवेशनको पहलो दिन अध्यादेश पेश गर्न नदिएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सभामुखले निर्णायार्थ पेश नगरेको आरोप पनि लगाउदै सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई नरहेको बताउनुभयो ।

संविधान, कानुनको मतलब नराखी बलजफति गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस मुखमा ‍पानी हालेर किन चुपचाप बसिरहेको भन्दै प्रश्न पनि गर्नुभयो । उहाले साँठगाँठ गरेर सरकारमा जान खोजिरहेका कारण कांग्रेस नबोलेको आरोप लगाउनुभयो ।

एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभयो । आफुसंग बहुमत रहेको भन्दै उहाले राजीनामा नदिने प्रष्ट पार्नुभयो । माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले पार्टी एक गरेर लैजान खोजेको, ज–जसले भागबण्डा मागे दिएको भन्दै आफुलाई नै दलको नेता र सदस्यबाटै निष्काशन गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान समृद्धि र बिकास तर्फ रहेको भन्दै सरकार आफ्नो लक्ष्यमा तीवै गतिका साथ अघि बढिरहेको धारणा राख्नुभयो ।

Related posts