सरकारको गैरकानूनी कामको प्रतिवाद गर्नु पर्छ-ओली

असोज–५,फरक न्युज ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको गैरकानूनी कामको प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा ओलीले सरकारले जनताको हित बिपरितको काम गरेको भन्दै गैरकानूनी कामको प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो ।

उहाले बजेटमा करका दरहरु सेटिङका आधारमा हेरफेर भएको भन्दै यसमा सरकारले स्पष्ट रुपमा धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । ओलीले प्रतिक्रियावादीको सेवक हुनपुगेकालाई मात्र सरकारले प्राथमिकता दिएको र अरुलाई दुख दिएको धारणा राख्नुभयो । उहाँले देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्ने जनाउनुभयो ।

उहाँले एमाले विधि र लोकतन्त्रको रक्षार्थ निडरताका साथ अघि बढ्ने उल्लेख गर्दै त्यसका लागि कानूनी र अन्य लडाइँ लड्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेतृत्व हस्तान्तरण गर्दै नयाँ जिम्मेवारी प्राप्त अध्यक्ष सुनिता बराललाई उक्त पद हस्तान्तरण गर्नुभयो ।

Related posts