सप्तरीमा पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

असोज–५,फरक न्युज ।
सप्तरीमा पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत खडक नगरपालिका ६ मा बा।१४च ६२७९ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको ना।३७प ३८९४ नम्बरको मोटरसाइकल आपसका ठोक्किदा एक जनाको ज्यान गएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिवका-३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरी  रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Related posts