संसद छलेर सूचना मार्फत अध्यादेश फिर्ता गरिनु कानून बिपरित-ओली

असोज–१०,फरक न्युज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन चालू रहेको अवस्था सूचना निकालेर कुनै अध्यादेश फिर्ता वा खारेज हुन नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा ओलीले संसद छलेर सूचना मार्फत अध्यादेश फिर्ता गरिनु कानून बिपरित रहेको बताउनुभएको हो ।

उहाले यसअघि मध्यरातमा संसद बन्द गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर गठबन्धन सरकारले संसदीय मूल्यमान्यता भत्काएको र अहिले संसद चालू रहेका बेला कानूनबिपरित फिर्ता गरिएको आरोप लगाउनुभयो ।

ओलीले दूषित मनसायका साथ अध्यादेश ल्याएको दोहराउनुभयो । उहाले ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको भन्दै सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम चूप लागेर बसेको बताउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको भन्दै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गर्नुभयो । उहाले आफ्नो सरकार ५ बर्ष चलाउन जनादेश प्राप्त भएपनि बिचैमा छोड्नपर्नु आफ्नो ढंग नपुगेको पनि हुनसक्ने बताउनुभयो ।

ओलीले आफु नेतृत्वको सरकारले असाधारण बिकासका लागि काम गरेकाले निर्वाचनमा जनतामाझ जान कुनै कठिनाई नहुने तर्क गर्नुभयो । ओलीले जहाज दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गर्नुभयो ।

Related posts