संविधानलाई संस्थागत गर्न सवै गम्भीर हुनुपर्ने पौडेलको भनाई

असोज–३,फरक न्युज ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई संस्थागत गर्दै यसको सफल कार्यान्वयनका लागि सवै गम्भीर हुनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले संविधानलाई अहिले केहि दलहरुले प्रयोगमा रुपमा मात्र बुझ्नु गलत भएको भन्दै यसलाई सफल कार्यान्वयन गराउन सवै गम्भीर हुुनुपर्ने बताउनुभएको हो ।

उहाले संविधानले मुलुकलाई बाटो देखाइ दिएको भन्दै संविधानमा रहेका प्रावधानलाई सहि तवरले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाले संविधानमा रहेका बिषयको गलत व्यख्या गर्दै गलत नारा दिएर भ्रम पार्दै राजनीति र खेती गर्ने काम बन्द हुनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा अन्य दलका नेताहरुले संविधानको सफल कार्यान्वयनका लागि समग्र मुलुक नै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

Related posts