शनिबार १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८ लाख ७२ हजार ८ सय

असोज–२,फरक न्युज ।
नेपालमा शनिबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ४० पिसिआर परिक्षणका क्रममा ८ सय ३५ जना र २ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७२ हजार ८ सय पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप १ हजार २ सय ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८३ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल २५ हजार ८२ सक्रिय संक्रमित आइशोलेशन र २४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Related posts