लागूऔषध विदेश निर्यात गर्ने गिरोह पक्राउ

असोज–५,फरक न्युज ।
लागू औषध नियन्त्रण व्युरोले ह्यान्डी क्राफ्टभित्र राखेर लागूऔषध विदेश निर्यात गर्ने गिरोहलाई पक्राउ गरेको छ । व्युरोले लागूऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेश लुकाउन प्रयोग गरिने ह्यान्डी क्राफ्टका सामानहरु तथा बनाउन प्रयोग हुने औजार सहितको कारखानावाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागूऔषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका– १३ का उर्पा तामाङसहित ७ जना रहेका छन् । व्युरोका अनुसार तामाङले २०७३ सालदेखि अहिलेसम्म ८० किलो चरेस विदेश पठाइसकेको अनुसन्धानमा खुलेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिनुभयो । कतारलाई नयाँ गन्तब्य बनाएर नेपालको एयरपोर्ट हुँदै लागूऔषध कतार लैजान खोजेको देखिएको थापाले बताउनुभयो ।

व्युरोका अनुसार पक्राउपरेका गिरोहले नेपालबाट भारतको कोलकत्ता हुँदै बैंकक, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा चरेस तस्करी गरेको खुलेको छ । पक्राउ परेकाका सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरि म्याद थप गरि अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

Related posts