बिहीबार ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि,८ जनाको मृत्यु



कार्तिक–४,फरक न्युज ।
नेपालमा बिहीबार थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ८६ पिसिआर परिक्षणका क्रममा ४ सय ७० जना र १ हजार ९ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १ हजार २ सय ९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै ७ सय २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार ८८१ जना कोरोनामुक्त भएका छन् ।

हाल ११ हजार ३ सय १५ सक्रिय संक्रमित आइशोलेशन र २२५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Related posts