नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह-ओली



कार्तिक–९,फरक न्युज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिनुभएको छ । मङ्गलवार पार्टी कार्यालय बबरमहलबाट एमालेको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताउनुभएको हो । ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह समेत गर्नुभयो ।

ओलीले बार र वकिलले संसद् विघटनका बेला बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाउदै हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको जिकिर गर्नुभयो । एमाले अध्यक्ष ओलीले वर्तमान पुर्ण रुपमा असफल भएको दावी गर्नुभयो ।

विकास निर्माणका लागि बर्तमान सरकार नबनेको भन्दै उहाले आफ्ना मान्छे नियुक्ति गर्ने र कर्मचारीको सरुवा आतंक मचाउने काम गरेको धारणा राख्नुभयो । उहाले व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढ्न नसकेको र निस्प्रभावी र पक्षपातपूर्ण भएको बताउनुभयो ।

ओलीले जनताका चाहना नै एमालेको चाहना भएको भन्दै एमाले एकताबद्ध बनेको सन्देश जनतामाझ पु¥याउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । ओलीले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमाले मात्रै रहेको दावी गर्नुभयो । ओलीले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

 

Related posts