दुई जना कोरोना संक्रमितको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु

वैशाख–१८,फरक न्युज । रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा शनिवार कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे र वैशाख १३ गते कोरोना पोजेटिभ पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ५ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताउनुभयो ।

Related posts