एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बालिन्छ-विप्लव

भदौ–२८,फरक न्युज ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने बताउनुभएको छ । सोमबार काठमाडौंको खुल्लामञ्चमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको भन्दै यसलाई लागू गर्न नदिने बताउनुभएको हो ।

उहाले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दवाव दिएको उल्लेख गर्नुभयो । उहाले एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बाल्ने चेतावनी दिनुभयो । पैसाले मात्रै विकास नहुने भन्दै बिप्लवले एमसीसीले देश विकास हुन्छ भन्नु मुर्खता भएको बताउनुभयो । उहाले एमसीसीका बिषयमा मान्छेलाई भाँड्ने प्रयास भइरहेको र नेपाली जनताले यो कुरा बुझेको पनि बताउनुभयो । उहाले कुनै पनि हालतमा नेपाली जनतामाथि एमसीसी थुपार्न नदिने धारणा राख्नुभयो ।

त्यस्तै बिरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीको बहानामा अमेरिकाले नेपालमा कव्जा जमाउन खोजेको आरोप लगाउनुभयो । नेपालमा युरोनियम छ भन्ने पत्ता लागेको र नेपाल जलश्रोतमा पनि धनि रहेकाले अमेरिकाले जबरजस्ती नेपाललाई एमसीसी सहायत दिन लागेको उहाले बताउनुभयो ।

गजुरेलले एमसीसी सम्बन्धी बहसमा बुद्धिजिविहरुले युरेनियम कब्जा गर्ने लेखेको कहाँ छ भन्दै प्रश्न गरेकोमा अचम्म लागेको तर्क गर्नुभयो । उहाले नेपालको राष्ट्रिय स्वाधिनताका बिषयमा कुनै सम्झौता गर्न नहुने बताउनुभयो । त्यस्तै बिरोधसभामा सहभागी अन्य दलका नेताहरुले एमसीसीको चर्को बिरोध गरेका थिए

Related posts