आन्दोलनको भविष्यलाई खत्तम पार्न खोज्नेहरुको चलखेल समाप्त भएको छ – ओली



कार्तिक -६, फरक न्युज ।

नेकपा एमालेका अध्यक्ष केपि ओलीले पार्टीलाई कमजोर बनाउन खोज्नेहरु आफै पतन भएर गएको बताउनु भएको छ ।

आन्दोलनको भविष्यलाई खत्तम पार्न खोज्नेहरुको चलखेलको अन्त्य भएको बताउँदै उहाँले आन्दोलनका उपलब्धिलाई अन्यौलतामा धकेल्नेहरु आफै सकिएर गएको  बताउनु भएको हो ।

अनुशासनहिनता, अराजकता र पार्टीका आन्तरिक विषयलाई बाहिर लगेर कार्यकर्तालाई निराश पार्नेहरु  आफै समाप्त भएको बताउदै अध्यक्ष ओलीले अब दिनमा पार्टीको निर्माण र संगठन विस्तार तिव्र गतिमा अघि बढ्ने दावी गर्नु भयो ।

देशै भरिका  ६ हजार ७ सय ४३ वटा वडाहरुको वडा अधिवेशनको काठमाडौ बाट उदघाटन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले नयाँ ढंगले अघि बढेको बताउनु भयो । अध्यक्ष ओलीले उच्च स्तरीय समझदारीका आधारमा अधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

अविरल वर्षाबाट उत्पन्न विपत्ति, असामयिक र अति वृष्टीबाट भएको क्षती प्रती दुख व्यक्त गर्दै उहाँले विपत्तिको घडीमा जनताको राहात र उद्धारमा खटन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

सरकारले विपत्तिमा परेकाहरुलाई तत्काल राहात उपलब्ध गराउन माग गर्दै अध्यक्ष ओलीले सरकारको काम प्रती असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

Related posts