समृद्धीका लागी संचार

तिलोत्तमा,  २१ जेठ,फरक न्युज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । छुवाछुतमुक्त नेपाल घोषणा भएको दिन बुधबार विज्ञप्ती जारी गर्दै नेकपा तिलोत्तमाले राजनीतिक दल, नागरिक समाज र अधिकारकर्मी सबैले फेरि एकपटक जातीय छुवाछुत र जातीय विभेद वैज्ञानिक हिसाबले असत्य, सामाजिक हिसाबले निन्दनीय, मानवीय हिसाबले अमानवीय र सभ्यताको दृष्टिले कलंकित छ भन्ने कुरालाई जोडदार रूपमा उठाउने र यो सत्यलाई सबैले स्विकार गर्ने सामाजिक मनोविज्ञान निर्माणमा दृढतापूर्वक लाग्नु पर्नेमा जोड दिएको छ ।

नेकपाका नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तीमा रूकुम चौरजहारीमा भएको नवराज बिक सहित ६ जनाको निधन र एकजना बेपत्ता सहितको घटना २१ औ सताब्दी र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि अशोभनिय र अक्षम्य अपराध भएको समेत जनाइएको छ । यो घटनाले सामाजिक न्याय र समतामूलक समाज निर्माणमा गम्भीर प्रश्न खडा गरेको र सुरक्षा व्यवस्थामाथि पनि चुनौती थपेको विज्ञप्तीमा उल्लेख छ ।

अन्तरजातीय विवाहलाई अस्विकार गर्दा श्रृजित यस घटनाको तत्काल निष्पक्ष अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न र अपराधमा संलग्नहरूमाथि कडा कानूनी कारवाही गरी भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन चनाखो हुन विज्ञप्तीमार्फत सरकार र प्रशासनसँग माग गरिएको छ ।

साथै विज्ञप्तीमा रुकुम घटनामा मृतकका परिवारलाई न्यायको अनुभूति सहित उचित क्षतिपूर्ति र घाईतेहरूको उपचार गर्न सरकारसँग माग गरिएको छ ।

जेठ १९,फरक न्युज ।

कोरोनालाई जितेर भैरहवा स्थित भीम अस्पतालबाट २५ जना घर फर्केका छन् । कोरोना संक्रमण भई उपचारत उनीहरु मध्ये ४ वर्षिया वालिका समेत रहेको अस्तालले जनाएको छ । गत वैशाक ३० गते कोरोना संक्रमण पुष्टि भई उपचारका लागि अस्पताल भर्ना भएर सोमवार घर फर्कनेमा रुपन्देहीको गैडहवा गाउपालिकाका १० ,कपिलवस्तुका ५ ,लुम्विनी सांस्कृतिक नगरपालिकाका ४, सिनपा का १ ,रुपन्देहीको कोटहीमाई गाउपालिकाका १ , तथा भारतीय नागरीक १ जना रहेका छन् ।

भारतका मुम्वईबाट फर्केका उनीहरुमा उपचारको अवधीमा  कुनै समस्या नदेखिएको अस्पतालले जनाएको छ । उपचार पछि उनीहरु खुशी हुदै घर फर्केका छन् । ५ नम्वर प्रदेश सरकारका सामाजिक विकाश मन्त्री सुदर्शन वरालले अस्पतालमा उपस्थित भएर उनीहरुलाई विदाई गरेका थिए ।

भीम अस्पतालमा कोरोना उपचारका लागि भर्ना भएको यो पहिलो समुह भएको र उनीहरु डिस्चार्ज भए पछि हाल कोरोनाको कुनै विरामी अस्पतालमा नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाले बताए ।

जेठ १९,फरक न्युज । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित  ठुरिया जङ्गलमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको ज्यान गएको छ । नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर हिडेको हायस राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका वाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

दुर्घटनामा परि ११ जनाको घटनास्थलमै ज्यान गएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममाज्यान गएको प्रहरी उपरीक्षक वलीले बताए ।   दुर्घटनामा परि बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय वाँकेले जनाएको छ । । 

बुटवल,  जेठ १८,फरक न्युज । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । आईतबार सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ ।

नेकपा रुपन्देहीका सचिव निर्मल जिसि, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र न. २ का संयोजक तेजेन्द्र केसीले प्राप्त भएका पत्रकार परिचय पत्र सहितको ज्याकेट र मास्क महासंघलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरणका अवसरमा नेकपा रुपन्देहीका सचिवले महामारीको संकटमा परिचय सहित फिल्डमा खटिदा केहि हदसम्म सुरक्षा कायम हुन सक्ने बताए । कोरोना महामारीले स्थिती निकै असहज बनेको भन्दै सबैले सजगता अपनाउनुपर्ने उनले बताए ।

नेकपा महासचिव तथा रुपन्देहीका सांसद पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारहरुका लागि उक्त सामाग्री उपलब्ध गराएको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले बताए । उनले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले महामारीका बेला परिचयपत्र सहित फिल्डमा जादा त्यसले सहजता ल्याउन बताए ।

पत्रकार महासंघमा प्राप्त भएको उक्त सामाग्री महासंघका सदस्यहरुलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसिले बताए । उनले पहिचान सहित फिल्डमा खटिनुपर्ने भएकाले यसले सहजता ल्याउने बताए । यसअघि महासंघ रुपन्देहीले सुरक्षा सामाग्री वितरण गरेको सचिव रामप्रसाद आचार्यले बताए । पत्रकारहरुको कोरोना बिमा पनि प्रक्रियामा रहेकाले आवश्यक कागजपत्र उपलब्ध गराउन उनको आग्रह छ ।

जेठ १८,फरक न्युज । विश्व  क्रोना भाइरस को  माहाँमरीको चपेटामा छ । असाध्यै ठूलो हल्ला खल्ला मच्चाइएको भए पनि नेपालमा यसको प्रभाव सुरु मात्र भएको छ । लकडाउनको झण्डै ढाई महिना पूरा हुँदा अन्य देशको तुलनामा मानव क्षति कम भएको छ । यो सरकारको प्रयत्न भन्दा पनि पशुपती नाथको कृपा भन्ठान्छु म । काठमान्डौ त बाहिर बाट कसैलाई आउन नदिएर सुरक्षित हुन चाहान्छ । नाग ढुङ्गाबाट सवारी साधनहरु फर्काएर यो कुरा प्रमाणित पनि भा छ । 

२– ४ दिनको म्याद राखेर लकडाउन गरेको भए भारतमा भएका र शहरमा बसेका गाउँ फर्कन चाहाँने सबै सुरक्षित आ–आफ्ना घर फर्कन्थे । हठात लकडाउन भयो । संसार भरका मजदुर एक हौं भनेर नरा लगाउँदै  आ–आफ्ना  राजनितिका रोटी सेक्दै आएका– भारत र नेपालका मजदुर नेता जाडो यामका सर्प झैं दुलो भित्र लुके । विभिन्न उद्योग , कलकारखाना र निर्माण स्थल बाट १५–२० दिन भोकै प्यासै मजदुरहरु पैदल हिंडेर आ–आफ्ना  घर पुगे ।

कति बाटोमै स्वर्ग बास भए । अझै पनि कर्मक्षेत्रबाट जन्म भूमी फर्कने दैनिक १०औं हजारको अवस्था देखिएकै छ । सरकारले झण्डै एक अरब रुपैयाको राहात बितरण गरेको घोषणा गर्यो । बास्तबमा राहत बितरण गर्नु पर्ने अवस्था बल्ल आएको छ । प्रदेशबाट नेपालमा बिदेशी मुद्रा फठाउने दाजु भाइ हरु दुई महिना सम्म भएको दुख सुख खाएर स्वदेश फर्किरहेका छन् । यता उनका जाहान परिवारले उधारो खाएको तिर्ने पैसा बिना खालिहात आएका छन् उनीहरु ।

अझ हजारौं त रोग समेत बोकेर आए । उनीहरुको ब्यवस्थापन कसरी गर्ने ? क्वारेन्टाईन र परिक्षण कीट सम्म बनाउन नसक्ने हुतियारा सरकारले सरुवा रोग अस्पताल बनाउँ छ  भनेर मुर्ख झोलेहरुले पत्याउलान मैले त पटक्कै बिश्वास गर्न सकिन है ?

महाँमारी ब्यवस्थापनमा आगामी बजेट  अस्ति मात्र सरकारले आगामी बर्षको बजेट सार्वजनिक गर्यो । बजेट बारे लम्बेतान गफ गर्न जान्ने अर्थ शास्त्री परिएन । जसलाई जुन कुरामा चासो छ त्यहीँ कुरा हो खोज्ने । उदयोगी ब्यापारीको राहातको कुरा यो बेला बान्छनिय लाग्दैन या प्रमुख प्राथमिकता होइन । ऐले त हुनेखानेहरुले मुठ्ठी खोल्ने बेला हो । ठूला ठूला देशका धनाढ्यहरुले सरकारलाई भरपुर सहयोग गरेका छन् ।

मुख्य रुपमा माहाँमारीबाट कसरी जोगिने र भोकाहरुलाई कसरी पाल्ने भन्ने नै मूल चासो हुनु पर्छ । सरकारको बजेटमा माहामारी सँग जुझ्न गाउँपालिका देखि नै सरुवा रोग अस्पताल बनाउँने भन्ने छ । कसले दियो यो सल्लाह ? के यो अस्पताल बनाउँने बेला हो ? हप्ता पन्ध्र दिनमा अस्पताल बनिसक्छ ? यो बजेटको असाध्यै हचुवा पक्ष हो । अहिलेको आवस्यकता भनेको भएका अस्पतालहरुको अधिकतम उपयोग र स्तरोन्नती हो । गाउँका स्वास्थ्य चौकीमा बेड र स्वास्थ्यकर्मि थप्ने हो ।

जतिसक्यो धेरैको परिक्षण गरेर सुरक्षित हरुलाई जोगाएर संक्रमितको उपचार गर्ने हो । यो महामारीबाट पार पाए पछि बल्ल भविष्यलाई यस्ता सरकार नियन्त्रीत अस्पतालहरु बनाउदै लग्ने हो । यसरी गाउँ सहर जलेको बेला टाढा बाट भएपनि पाइपमा पानी ओसार्ने हो । कुवा खन्नेहो र ? सरकार कुवा खन्छु भन्छ सांसदहरु तालि पिट्छन् । स्वास्थ्यकर्मी , स्वयंसेवी र सुरक्षाकर्मिलाई पिपिई लगायतको सामाग्री उपलब्ध गराउने र बिरामीलाई कीट , भ्याण्टीलेटर , आषधी आदिको बन्दोबस्त गर्नु महत्वपूर्ण हो ।

सुरुमै त्यत्रो बिबाद गरेर खरिद प्रक्रिया चलाएर पछि सेनालाई जिम्मा दिदा पनि अझै पर्याप्त मात्रामा कीट आएको छैन पहिला यिनै काम गर ,सरकार तिम्रा जस्ता बजेट प्रत्येक बर्ष आका त छन् । मन त सरकारको पक्षमा गित लेखेर गाउँ र चिच्याएर सरकारको पक्षमा नारा लगाउँ भन्ने थियो । तर माहाँमारी नियन्त्रणको हरेक मोर्चामा नालायक त थियो नै नयाँ बजेट पनि युद्ध अर्थ तन्त्र झैं माफिया हरुलाई पोस्ने र कमिसनमै रमाउने देखियो भन्न म बाध्य भएको छु । 

कृषिमा रोजगारी श्रृजनाको गफ मात्र  सरकारसँग बिश्वासनिय डाटा नभए पनि नेपालको पचहत्तर हजार युवा जनशक्ति देश बाहिर छ । महाँमारीको कारण खाडी र भारतमा भएका मध्ये दस लाख युवाहरु स्वदेश फर्कन सक्ने आँकलन छ । गन्तव्य देशहरुमा क्रोनाको अवस्थाले यसको संख्या तलमाथि हुन सक्ने छ । जे होस् दशौ लाख श्रमिक मध्ये ७५ प्रतिशत अदक्ष नै हुन । के उनीहरु देशमा फर्कना साथ हलो , कोदालो बन्चरो समाएर कममा जालान् ? यो कुराको आँकलन बजेटले गरेकै छैन ।

यो ठूलो समूह त्यसै रहरले प्रदेशिएको हैन । घरमा दुई छाकको गर्ज‍ो टार्न गएका हुन् । मन भित्रैबाट देशमै वनिबुतो गर्ने प्रेरणा आए पनि खै यीनको नाममा जग्गा जमिन ? पाहाड होस् या तराई अहिले पनि खेतिय‍ोग्य जमिन सिमित ब्यक्तिको नाममा छ । उनीहरु शहरमा व्यापार गरेर बसेका छन् या उच्च पदस्थ सेवा निबृत या बाहाल वाला कर्मचारी हुन । धेरै जग्गा बिदेशमा बस्ने ( अमेरिका , बेलायत , जापान , अस्ट्रिया ) हरुका छन् उनीहरु पुर्ख्यौली जग्गा बेच्न वा भाडामा दिन तयार छैनन् । हुन त सरकारले भुमि बैंक को अवधारणा त ल्याएको छ तर त्यो कार्यान्वयन हुन समय लाग्छ ।

तसर्थ बिदेशबाट फर्केका युवाहरुले बाँझो जमिन खनेर अर्थतन्त्र धान्छन् अनि भुखमरिबाट ज‍ोगाउँछन् भन्नु पनि तत्काल कम्तिमा ६ महिना तावामा पकाउने घिउवै घिउको त्यस्तो रोटी हो जसले आकार ग्रहण गर्नै सक्दैन । सबै खेती योग्य जमिन स्थानीय सरकारले जे जस्तो तरिकाले हुन्छ आफ्न‍ो मातहत ल्याएर मल , बीउ , आधुनिक उपकरण र प्रबिधि सहित उपलब्ध नगराउदा सम्म जमिन जोतेर कृषि उत्पादन बढाउँने भनेको बरफ कराईमा भुटेर पनिरको पिस समाउन खोज्नु जस्तै हो ।

असाध्यै असल नियत ले ल्याएको बजेट र कार्यक्रम भए पनि यो अर्थ हिन छ । सत्तामा हुनेहरुले बेलैमा सोच ,लगातारको लकडाउन र युवाहरुको आगमन संगै भोक अभाव , तनाब र लुटपाट बढ्ने सम्भावना छ । अझै नि समय छ कार्यक्रम मिलाएर युवालाई रोजगार देउ पाहाडमा त बाटोको नाली खनाए पनि हुन्छ । अरु निर्माण स्थलमा भए पनि रातारात बर्षौं बाँझिएको अर्काको जग्गा कसरी ज‍ोत्ने ? सरकारको बिरुद्ध नकारात्मक कुरा लेख्ने मेरो मनासय पटक्कै छैन । नत यसक‍ो लाभ मलाई कतै होला । मैले मेरो बर्मले देखेको कुरा पस्केको हुं । बुटवल ।

समाज